आज :

सीमा अतिक्रमणको विरोध गर्दा विद्यार्थी गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीद्वारा आपत्ति

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले सीमा अतिक्रमणको विरोध गर्दा विद्यार्थीलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । उसले सीमा अतिक्रमणविरुद्ध उठेको आवाजमाथि दमन गरेर सरकारले भारतको सेवा गरेको समेत बताएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले विज्ञप्ति जारी गरेर सीमा अतिक्रमणविरुद्ध गरिएको प्रदर्शनबाट विद्यार्थीलाई गिरफ्तार गरेर मुद्दा लगाएको भन्दै आपत्ति जनाएका छन् ।

मंसिर ३० गते सीमा अतिक्रमणविरुद्ध काठमाडौँको ढल्कुकोमा अयोजित विरोध र्यालीबाट विद्यार्थी बबिता सार्की र दिनेश नेपालीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै अध्यक्ष विष्टले घोर आपत्ति जनाएका छन् । उनले सीमा रक्षाको लागि आवाज उठाउनेलाई गिरफ्तार नगर्न सर्वोच्च अदालतले दिएको आदेशलाई कुल्चदै सरकारले विद्यार्थीलाई गिरफ्तार गरेको बताएका छन् ।

विज्ञप्तिमा विष्टले  सीमा रक्षाको लागि आवाज उठाउनेहरुलाई होली वाइनको मातमा सरकारले दमन गरेको बताएका छन् ।

“राष्ट्रवादी र दुईतिहाईको ढ्वाङ्ग पिट्ने केपी ओली नेतृत्वको सरकार होली वाइनको मातमा सीमा रक्षाको लागि अवाज उठाउनेहरुविरुद्ध साम्राज्यवादको असली पाले बनेर निरन्तरत दमन गरिरेको छ । यसै सन्दर्भमा मंसिर ३० गते सीमा अतिक्रमणविरु काठमाडौंको ढल्कुमा आयोजित विरोध र्यालीबाट विद्यार्थीहरु बबिता सार्की र दिनेश नेपालीलाई गिरफ्तार गरेको छ । उक्त गिरफ्तारप्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दछ” विज्ञप्तिमा भनिएको छ । उनले सीमा रक्षाको लागि अवाज उठाउनेहरुलाई गिरफ्तार नगर्न सर्वोच्चको अदालतले दिएको आदेशको समेत सरकारले उलंघन गरेको भन्दै गिरफ्तार विद्यार्थीलाई रिहा गर्न माग समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal