आज :

४९ जना पत्रकारको हत्या, ३ सय ८९ जना  बन्दक

काठमाडौं । एकवर्षमा ४९ जना पत्रकारको हत्या भएको छ । यी विश्वभरमा सार्वजनिक भएका हत्या घटना हुन् । सार्वजनिक नभएका यो भन्दा बढी पनि हुन सक्ने बताइएको छ ।

त्यसैगरी एकवर्षमा ३ सय ८९ पत्रकारलाई बन्दक बनाइएको छ । अंग्रेजी नयाँ लाग्न केही मात्र बाँकी रहेको बेला सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक भएको हो ।

‘रिपोटर्स विथाउट वोडर्स’ सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको सङ्ख्या गत १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ । तर, बन्दक बनाइएको पत्रकारको संख्या पनि अघिल्लो बर्षको तुलनामा बढी भएको पाइएको छ । ‘रिपोटर्स विथाउट वोडर्स’ का अनुसार बन्दक संख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी भएको छ ।

हत्या गरिएका पत्रकारहरुको संख्यामा ऐतिहासिक रुपमा कमी आएको रिपोटर्स विथाउट बोडर्स प्रतिवेदनमा उल्लेख गरिएको छ । विषेशगरी द्वन्द्व जारी रहेको मुलुकहरु यमन, सिरिया र अफगानिस्तान पत्रकारको हत्याका घटनामा कमी आएको देखिएको छ ।

पेरिसमा कार्यालय रहेको पत्रकारिता सम्वन्धी अध्ययन अनुसन्धान गर्ने संस्थाले पत्रकारिता अझै पनि जोखिमपूर्ण पेशाको रुपमा रहेको जनाएको छ ।
एक बर्षमा ८० पत्रकारले जीवन गुमाउनु पछिल्लो दुई दशकको औसत संख्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका प्रमुख क्रिस्टोफ डेलोइरले मेक्सिकोमा मात्रै यसै बर्षमा १० पत्रकारको हत्या हुनुले अझै पनि चिन्ताजनक अवस्थालाई झल्काउने बताए ।

ल्याटिन अमेरिकी देशहरुमा कुल १४ पत्रकार मारिएका उनले बताए । उनले द्वन्द्वग्रस्त लोकतान्त्रिक शासन व्यवस्था भएका देशहरुमा पत्रकारिता गरेकै कारण पत्रकारहरु मारिनुले लोकतन्त्रलाई नै चुनौती थपेको बताए ।

ती मध्ये आधा जति पत्रकार चीन, इजिप्ट र साउदीअरब गरी तीन देशमा बन्दी बनाइएका हुन् ।  सिरिया, यमन, इराक र युक्रेनसहित विश्वभर अहिले पनि ५७ जना पत्रकार कारागारमै रहेका पनि सो प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal