आज :

प्रचण्ड निवासमा पूर्वएमाओवादीको बैठकको चर्चाः पूर्वएमालेसँग नझुक्ने

काठमाडौँ । पूर्वमाओवादीको बैठकले पूर्वएमालेसँग नझुक्ने निर्णय गरेको छ । पूर्वएमाओवादीका अध्यक्ष तथा (नेकपा)का अध्यक्ष प्रचण्ड निवासमा उनीहरुको बैठक बसेको हो । प्रचण्ड निवास खुमलटारमा बैठक बसेको थियो ।

बैठकले स्थायी समिति बैठकमा एकरुपताका साथ बोल्ने, त्यसको लागि बुझाईमा एक रुपता ल्याउने र पूर्वएमालेसँग झुकेर एकता नगरेकोले नझुक्ने सहमति भएको थियो ।

बैठकमा गृहमन्त्री बादलसँगै नेताहरु हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटालगायत दर्जन बढी नेताहरु सहभागी थिए ।

स्थायी समिति बैठक पहिला भएको पूर्वमाओवादीको झमघटले (नेकपा)मा चर्चाको विषय बनेको छ । स्थायी समिति बैठकमा पूर्वमाओवादीका १९ जना नेता छन् । प्रचण्ड निवास पुगेका थिए ।

बैठकमा नेताहरुले सभामुख पद छोड्न नहुने सुझाव राखेका थिए । उनीहरुले सभामुख पूर्वएमालेलाई छोडेको भन्ने बारे प्रचण्डको धारणा समेत मागेका थिए । प्रचण्डले पनि सभामुखबारे कुनै सहमति नभएको बताए ।

सहभागी नेताहरुले सभामुख कुनै पनि हालतमा छोड्न नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal