आज :

अस्थायी कर्मचारीलाई स्थायी गर्न माग गर्दै त्रिवि कर्मचारी संघ आन्दोलनमा

काठमाडौं । त्रिवि कर्मचारी संघ केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेका शैक्षिक संस्थाहरुमा कार्यरत अस्थायी कर्मचारीलाई स्थायी गर्न माग गर्दै आन्दोलन थालेको छ ।

कर्मचारी संघले सहयोगी र चालकहरुलाई त्रिवि सेवा आयोगले विज्ञापन खुलाई स्थायी गर्नुपर्ने माग अघि सारेको छ । आन्दोलन स्वरुप कर्मचारीले सोमबार २ घण्टा काम गरेका छैनन् ।

उनीहरुले आउँदो बिहीबारसम्म दिनको २ घण्टा काम छाडेर विरोध गर्ने जनाएका छन् । संघले २०६९ सालभन्दा अघिबाट सेवा प्रवेश गरेका कर्मचारीलाई विज्ञापन खुलाएर स्थायी गराउनुपर्ने माग राखेको छ ।

सरकारले २०६९ सालदेखि ठेक्का र करारमा मात्र कार्यालय सहयोगी र सवारी चालक राख्ने नियम बनाएको थियो । तर, २०६९ अघिदेखि कार्यरत कर्मचारीलाई त्रिविले बेवास्ता गरी विज्ञापनसमेत नखुलाएका कारण आफूहरुले विरोध गरेको त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद आचार्यले बताए ।

त्रिवि सेवा आयोगले २०६९ सालपछि विज्ञापन खुलाएर ४५ जना कर्मचारीलाई स्थायी गरेको थियो । हाल त्रिविअन्तर गतका क्याम्पसहरुमा करिब १५० जना कार्यालय सहयोगी र चालकहरु रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal