News Portal

  • घुस लिने मालपोत कार्यालयका निमित्त प्रमुख मण्डलविरुद्ध मुद्दा दायर

    २७१ पटक

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम माग गरेको पाइएको छ ।

    उनले घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले ५ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको आयोगको दावी छ ।

    उनीमाथि बिगो ५ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय मागदावीसहित विशेष अदालत काठमाडौंमा सोमबार आरोप पत्र दायर गरिएको छ ।

    प्रतिकृया दिनुहोस्