आज :

ज्योति विकास बैंकले टिच फर नेपाललाई गर्यो ५ लाख सहयोग

काठमाडौं । ज्योति विकास बैंकले टिच फर नेपालसँग सोमबार ५ लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ ।

बैंकले समाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्धन कोषमार्फत टिच फर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गरेको हो ।

आर्थिक सहयोगको साथै बैंकले टिच फर नेपालको सहयोगमा बेलाबखत आफ्नो दक्ष कर्मचारीहरुलाई ती विद्यालयहरुमा स्वयंसेवकका रुपमा पठाउने पनि प्रतिबद्धता गरेको छ ।

ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

टिच फर नेपालले हालसम्म विभिन्न ६ जिल्लाका ६५ वटा विद्यालयहरुमा ३०० भन्दा बढी स्वयंसेवक शिक्षकहरु पठाई ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजीलगायतका विषयहरु पढाउँदै आएको छ ।

दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको लागि योगदान पुर्याइरहेको टिच फर नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको छ ।

समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ र आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउने कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal