आज :

पोखरा प्रिमियर लिगमा धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले हरायो

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाए ।

त्यस्तै श्रीमन्थ विजेरत्नेले २५ रन बनाए भने सन्दिप जोरा सात, अमित यादव तीन र मञ्जित श्रेष्ठ ११ रनमा आउट भए । सौरभ खनाल ले १२ रन जोडे । बलिङतर्फ विराटनगरका लागि साहब आलमले तीन तथा नोमान खानले दुई विकेट लिए ।

११८ रनको सामान्य लक्ष्य पछ्याएर मैदानमा उत्रिएको विराटनगर निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा सीमित भयो । विराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाए ।

त्यस्तै सुनिल धमलाले १८ तथा पुनित मेहराले १५ रन जोडे । बलिङतर्फ धनगढीका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १ मेडन राखेर १९ रन दिँदै ३ विकेट हात पारे । सागर ढकालले १ विकेट लिए ।

आजकै दोस्रो खेलमा काठमाडांै गोल्डेन्स वारियर्स र बुटवल ब्लास्टर्स खेलिरहेका छन् । बुटवलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal