आज :

चितवनमा दुईटा ट्रक आपसमा ठोक्कियो, १ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं । पूर्वी चितवनको लोथरमा आज बिहान दुईटा ट्रक एकाआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका-१४ का २६ वर्षिय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना.५.ख ८७४३ नं.को ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नं.को ट्रक आज बिहान ७ : ३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ८७४३ नं.को ट्रकका चालक लोप्चनको उपचारका क्रममा बिहान ८ : २५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

सोही ट्रकका सहचालक बागमती गाउँपालिका-१ मकवानपुरका २० वर्षिय सोमबहादुर थिङ, ७९६७ नं.को ट्रकका चालक कन्काई नगरपालिका-१ झापाका ४० वर्षिय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षिय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ३ जनाकै अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal