आज :

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन, आजै अन्त्येष्टि

काठमाडौं । फिल्म कर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ ।

आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा उनको भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।

राति १० : २० बजे ओम अस्पतालमा पुर्याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेका थिए । निधनको खास कारण थाहा नभए पनि हृदयघात भएको हुन सक्ने चिकित्सकलाई उदृत गर्दै लामाले जानकारी दिए ।

सोमबार बिहान १० बजेपछि शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुने र त्यसपछि शनिबार निधन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राखिने अध्यक्ष लामाले बताए ।

सोमबार नै दुवै जनाको दाहसंस्कार गरिने बताइएको छ । ५२ वर्षिय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए । एक वर्षअघिदेखि चलचित्र विकास वोर्डको अध्यक्ष रहेका उनी चलचित्र निर्माता पनि थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal