काठमाडौं । कीर्तिपुरमा कोठा तातो बनाउन कोइला बालेर सुतेका २ जनाको ज्यान गएको छ ।
कीर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै शर्मिला रञ्जितकार र उनका २ महिनाको छोराको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ ।
एउटा साघुँरो कोठामा श्रीमान, श्रीमती र २ महिनाको छोरा कोइला बालेर सुतेका थिए । श्रीमान नवराज रञ्जितकारले बिहान श्रीमती र छोरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । अक्सिजन अभावका कारणका ज्यान गएको हुन सक्ने प्रहरीको भनाइ छ ।