आज :

धनुषामा भेटिएको बम नेपाली सेनाद्धारा निष्क्रिय, अर्को शंकास्पद वस्तु फेला

जनकपुर । जनकपुर उपमहानगरपालिका वडा नं.९ मा गएराति भेटिएको बम नेपाली सेनाले आज बिहान निष्क्रिय पारेको छ ।

नजिकै अर्को शंकास्पद वस्तु पनि भेटिएको छ । प्रहरीका अनुसार पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि २ सय मिटर पूर्व सरस्वती माविनजिक सडकमा शंकास्पद वस्तु भेटिएको छ ।

एउटा बम डिस्पोज गरेलगत्तै देखिएको उक्त वस्तु बम हो कि होइन भनेर अहिले सुरक्षाकर्मी अनुसन्धानमा जुटेका छन् । विद्यालय नजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले अहिले त्यहाँ आवतजावतमा रोक लगाएको छ ।

यसअघि संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोछेउमा आइतबार राति ९ बजे बम भेटिएको थियो । स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको बम रातभर सुरक्षा घेरा हालेर राखिएको थियो ।

यसअघि महेन्द्रनगरमा शुक्रबार राति बम विस्फोट हुँदा प्रहरी निरिक्षकसहित ३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal