आज :

३ देशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् ।

आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले ३ देश चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा पूर्व स्वास्थ्यमन्त्री मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताए ।

उनले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पुर्याउँदा त्यसको टेम्प्रेचर कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम नगर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताए ।

यसैगरी बैठकमा खोपहरुको प्रभावकारिता बढ्दै गएको भए त पनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान गर्न आवश्यक रहेको समितिका सभापति जयपुरी घर्तीले बताए ।

बैठकमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनै पनि खोपहरु परिक्षणका लागि नभएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal