आज :

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय परिसरमा समुदाय-प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रम गरिएको छ ।

ट्राफिक संचेतना नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुले दिएका हुन् ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रम मार्फत ध्यान दिएको बताए । प्रशिक्षक सिताराम हाछेथुले बैंकिङ्ग क्षेत्रमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई संचेतना कार्यक्रम संचालन गरेको बताए ।

उनले भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिए । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको संचेतना कार्यक्रम दैनिक अस्त व्यस्त बन्दै गईरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनको लागि रहेको थियो ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंक केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको हो । कार्यक्रम ब्रान्च अपरेशन विभागका उप प्रबन्धक जितेन्द्रसिंह थापाले संचालन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal