
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा बैठक सुरु भएको हो ।
पार्टी एकतापछि पहिलो पटक अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा स्थायी समिति बैठक सुरु भएको छ । बैठकमा पार्टी एकतासँगै कालापानी–लिपुलेक अतिक्रमण पनि एजेण्डा बनाइएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी छ ।
आजै विहान प्रधानमन्त्रीको नीवासमा बसेको सचिवाय बैठकले स्थायी समिति बैठकमा सीमा अतिक्रमणको विषयलाई औपचारिक एजेन्डा बनाउने निर्णय भएको थियो ।
भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको नेपाली भू–भागलाई पारेको भन्दै नागरिकस्तरबाट विरोध भएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विषेश दूत बनाएर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पठाउने तयार गरेका थिए । तर, भारतले भेट गर्न नमानेका कारण त्यो सफल हुन सकेन ।