News Portal

  • धनकुटामा अटो दुर्घटना २ जनाको मृत्यु

    २१४ पटक

    धनकुटा । छथर जोरपाटी गाउँपालिकाको फलैंचामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा अटो चालक धनकुटा-२ का दशरथ पाख्रिन र तेह्रथुमको छथर गाउँपालिका-१ का साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । घाइते २ जनालाई उपचारका लागि हिले र धनकुटा अस्पतालमा पठाइएको छ ।

    धनकुटाको हिलेबाट सिंधुवा जाँदै गरेको को २ अ ६६११ नम्बरको अटो तेह्रथुमको बसन्तपुरबाट हिले आउँदै गरेको को १ ख ६९१२ नं.को मसिन बोकेको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

    प्रतिकृया दिनुहोस्