आज :

मिलेर अगाडि बढ्ने प्रस्तावसहित पौडेललाई फकाउन देउवा घर पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवास पुगेका छन् ।

शुक्रबार केन्द्रीय समिति बैठक बहिस्कार गरेका नेता पौडेललाई फकाउन देउवा उनकै घर पुगेका हुन् । चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानु पर्ने विषयमा उनीहरूबीच कुराकानी भएको छ ।

भेटमा उदारतापूर्वक पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने नेता पौडेलले देउवालाई सुझाव दिए ।

उनले भने,‘चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानु जरुरी छ,’ ‘पार्टीभित्र देखिएका समस्यालाई न्यायपूर्ण र पारदर्शी ढंगले मिलाएर अगाडि लानुपर्छ । उहाँलाई धेरै हतारमा नजानुहोस् संयमता र उदारतापूर्वक अघि बढे हामी सबैले साथ दिन्छौँ ।’

पार्टीभित्र देखिएको असमझदारीलाई समाधान गर्न नेता पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ ।

पौडेलले महाधिवेशनको एजेण्डा पहिलो सर्त भएको बताए । यसलाई अगाडि राखेर संगठनात्मक समस्यालाई न्यापूर्ण र पारदर्शी ढंगले समाधान गर्दै लैजानुपर्ने भनाइ छ । छलफलमा सहभागी उपसभापति निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेको बताए ।

महाधिवेशन कार्यतालिका बनाउन एक वर्षको समय थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले पार्टी सभापति र नेता पौडेलबीच सकारात्मक छलफल भएको र शुक्रबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिस्कार गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal