आज :

ट्रम्पमाथि महाअभियोग लगाउने अभियोग प्रमाणिकरण

काठमाडौं । अमेरिकी तल्लो सदनको न्यायीक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउनेसम्बन्धी औपचारिक अभियोगहरु प्रमाणिकरण गरेको छ ।

सदनको न्यायीक समितिले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी २ बुँदे अभियोगसहितको प्रस्ताव पारित गरेको छ । अब ट्रम्पमाथिको महाअभियोग प्रस्ताव तल्लो सदनमा मतदानको प्रक्रियामा जाने छ ।

डेमोक्रेटिक पार्टीको नेतृत्वमा रहेको न्यायीक समितिमा पार्टी लाइन अनुसार नै मतदान भएको हो । समितिमा डेमोक्रेटिक बहुमत छ र उनीहरुले महाअभियोग प्रस्ताव पारित गरेर सदनमा पूर्ण मतदानका लागि अघि बढाउन मार्ग प्रस्तुत गरेका हुन् ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आउँदो हप्ता मतदान हुने छ । डेमोक्रेटिक नेताहरुले सांसदहरुसंग महाभियोग प्रस्तावमा आफ्नो विवेकको प्रयोग गरेर मात्रै मतदान गर्न आग्रह गरेका थिए ।

न्यायीक समितिमा शुक्रबार सुनुवाईपछि भएको मतदानमा प्रस्तावको पक्षमा २३ र विपक्षमा १७ मत परेको हो । डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा महाअभियोगको सामना गर्ने चौथो राष्ट्रपति हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal