आज :

स्पष्ट बहुमत हाँसिल भएपछि प्रधानमन्त्री जोनसनले विश्वासको ऋण तिर्ने

काठमाडौं । कन्जर्भेटिभ पार्टीले यूकेको आमनिर्वाचनमा ‘ऐतिहासिक’ विजय प्राप्त गरेपछि दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बोरिस जोनसनले बताएका छन् ।

एक सिटको नतिजा आउन बाँकी रहँदा उनको पार्टीले आवश्यक बहुमत भन्दा ७७ सिट बढी जितिसकेकोले बोल्दै उनले यस जितलाई अर्को महिना कुनै किन्तु र परन्तुविना ईयूबाट यूकेलाई अलग्याउने जना देश बताएका छन् ।

आफ्नो आधार क्षेत्रमा पराजित भएपछि लेबर पार्टीका जेरेमी कोर्बिनले अर्को निर्वाचनमा आफूले नेतृत्व नगर्ने बताएका छन् । विजय सम्बोधनमा जोनसनले कार्यकर्ताहरूलाई ‘हामीले गर्यौ’ भन्दै यस नतिजाले देशको लागि नयाँ बिहानी सुरु भएको बताए ।

उनले लेबर मतदाताहरूले पहिलो पटक कन्जर्भेटिभ पार्टीलाई मत हालेकोमा धन्यवाद दिँदै आफूले नागरिकको सरकारको नेतृत्व गर्ने र आफूलाई दिएको पवित्र विश्वासलाई न्याय गर्ने बताए ।’

‘म दिनरात मेहनतले काम गरेर तपाईको मलाई मत हाल्ने निर्णयलाई सही प्रमाणित गर्छु र अर्को पटकलाई समर्थन पाउने प्रयास गर्छु’-उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal