आज :

बम विस्फोटको आशंकामा ३ जना पक्राउ, ७ सदस्यीय अनुसन्धान टोली गठन

धनुषा । धनुषाको महेन्द्रनगरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ महिला र १ पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नपा १ का राम सुदित साह धानुक रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

उनीहरूलाई करिब १२ बजेतिर उनीहरूकै बासस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार मध्ये राति ३ जनाको मृत्यु हुने गरी विस्फोट भएको थियो ।

प्रहरीका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएको छ ।

बम विस्फोट हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहाल, घर धनी ४६ वर्षिय राजेश साह र उनका छोरा २४ वर्षिय आनन्दको मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal