News Portal

  • बनेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    १६२ पटक

    काठमाडौं । चौकीडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९२ प ५१९२ नं.को मोटरसाइकल काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं.६ चौकीडाँडामा दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं.३ का २९ वर्षिय प्रकाश दाहालको मृत्यु भएको हो ।

    शुक्रबार दिउँसो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्