News Portal

  • (नेकपा)को सचिवालय बैठक ३ बजे बस्दै

    २६५ पटक

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजे बस्दैछ ।

    भोलि बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्नको लागि आजको सचिवालय बैठकमा छलफल हुने बताइएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुने छन् ।

    यसअघिका दुई वटा बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । भोलि बस्ने स्थायी समितिको बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गर्ने र प्रतिवेदन लेखनको लागि अध्यक्ष दाहालले २ दिन समय लिएका थिए ।

    प्रतिकृया दिनुहोस्