आज :

मुस्ली प्रहार गरी एक युवकको हत्या

खोटाङ । टाउकोमा मुस्ली प्रहार हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान गैरीगुठका २४ वर्षिय रमेश राईको ज्यान गएको छ ।

बिहीबार राति भएको झगडाका क्रममा हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले, तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेपछि अटोमा हालेर हलेसीमा रहेको एक क्लिनिकमा ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न तीनै जना फरार रहेकाले घटनाबारे थप अनुसन्धान गर्न र फरारहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटाइएको प्रहरीले जनाएको छ ।

दाजु अर्जुनसहित भूकम्प पुन : निर्माण अन्तर्गतको घर निर्माणको काम गरेर फर्कँदै गरेका रमेश र ३ जना बाटोमा भेट भएपछि सामान्य विषयमा झगडा सुरु भएको जानकारी आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal