News Portal

  • कारको ठक्करबाट १ जनाको मृत्यु

    २९४ पटक

    काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सुनवल नगरपालिका-१३ बडेराका २८ वर्षिय रमेश शाही रहेका छन् । काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्