आज :

बेलायती आमचुनावमा दक्षिणपन्थी कन्जरभेटिभ पार्टीको बहुमत, वामपन्थी बढारियो

काठमाडौं । बेलायतमा भएको आमनिर्वाचनमा दक्षिणपन्थी कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

हालसम्मको मतपरिणामअनुसार प्रधानमन्त्री बोरिस जोनसनको पार्टीले ६५० मध्ये ३२६ सिट जितिसकेको छ । वामपन्थी रुझानको लेवर पार्टीले भने अहिलेसम्म १९८ सिटमा मात्रै जित हासिल गरेको छ ।

बेलायती मिडियाहरुले यो पटक गरेको एक्जिट पोलमा मतदाताले देखाएको रुझानकै समानान्तर चुनावी नतिजा आएको छ । कन्जरभेटिभले सरकार गठनका लागि आवश्यक ३२६ सिट प्राप्त गरेको छ ।
एग्जिट पोलले सत्तारूढ पार्टीले ३६३ सिटसम्म ल्याउनसक्ने प्रारम्भिक मत सर्वेक्षण छ ।

लेवर भने आफ्ना पारम्पारिक सिटहरूसमेत गुमाउँदै २०३ सांसदका साथ हाउस अफ कमन्समा खुम्चिने देखिएको छ ।

बहुमत प्राप्त गरेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतलाई युरोपेली संघ ९इयु०बाट बहिर्गमन गराउन नयाँ जनादेश मिलेकाले अब ’ब्रेग्जिट९डिल’ लागू हुने बताएका छन्। कन्जरभेटिभ पार्टीले बेलायतलाई इयुबाट अलग गराउन राजनीतिक वकालत गर्दै आएको छ ।

बहुमत हासिल गरेपछि सम्बोधन गर्दै बोरिस जोनसन चुनाव हारेका लेबर नेता जेरेमी कार्बिनले चाहिँ पछिल्लो नतिजाप्रति निराशा जनाउँदै पछिल्लो रात निकै निराशाजनक रहेको प्रतिक्रिया दिएका छन् ।
ब्रेग्जिटका लागि सन् २०१६ मा दिएको मतलाई लेबर पार्टीले सम्मान नगरेकाले पराजय भोग्नुपरेको विश्लेषकहरुले बताएका छन् । बेलायतमा सामान्यतया : ४-५ बर्षमा आम निर्वाचन हुने गर्छ ।

राजनीतिक अस्थिरताका कारण ७ मे २०१५ र ८ जुन २०१७ मा बेलायतीले आमनिर्वाचनमा मतदान गरिसकेका छन् । ५ वर्षको अवधिमा यो तेस्रो पटक हुँदै गरेको चुनाव हो । युरोपेली संघबाट बाहिरिने  सवालमा बेलायतभित्र सत्ता-अस्थिरता देखिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal