News Portal

  • १० किलो चरेससहित २ जना पक्राउ

    १५७ पटक

    मकवानपुर । १० किलो चरेससहित आज (शुक्रबार) २ जना पक्राउ परेका छन् ।

    बाराको पचरौटा नगरपालिका ७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका १ का सुत्लान मिया अन्सारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले उनीहरूलाई भीमफेदी गाउँपालिका २ बाट पक्राउ गरेको हो । बा ४० प ७२४० नं.को मोटरसाइकलमा चढेका उनीहरूबाट १० किलो २ सय ५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्