आज :

मिस वर्ल्डमा नेपालले जित्यो मल्टिमिडिया अवार्ड

काठमाडौं । बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाल सुन्दरीले अवार्ड जित्न सफल भएकी छिन् ।

नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी अनुष्का श्रेष्ठले गतिलो सफलता हात पार्दै मल्टिमिडिया अवार्ड जितेकी छिन् ।

मिस नेपाल अुनष्का ‘हेड टु हेड च्यालेन्ज’को दोस्रो चरण पार गरी टप टेनमा पुगेकी हुन् । उनले हेड टु हेड च्यालेन्जबाट अन्तिम १० मा पुगेपछि शनिबार हुने फाइनल राउन्डका लागि उनको बाटो खुलेको हो ।

उनी ‘ब्यूटी विथ पर्पोज’ विधामा पनि टप १० मा पुगेकी थिइन् । हेड टु हेडबाट अन्तिम १० मा पुगेसँगै उनले शनिबार हुने मिस वल्डको फाइनल राउन्डमा शीर्ष ४० प्रतिस्पर्धीसँगै प्रतिस्पर्धा गर्ने छिन् ।

मिस वर्ल्डमा नेपालसहित विश्वभरबाट १२५ देशका सुन्दरीहरु सहभागी छन् । मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा डिसेम्बर १४ तारिखमा हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal