आज :

पश्चिमी वायुको प्रभावले चन्द्रागिरिमा हिउँ

काठमाडौं । आज (शुक्रबार) चन्द्रागिरिमा बिहान हिउँ परेको छ ।

बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो ।

‘अहिले हल्काफुल्का हिउँ परिरहेको छ, साँझसम्म धेरै नै पर्ला जस्तो छ,’ चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले भने । हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ ।

शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ ।

‘एकदम हल्का वर्षा त भइसक्यो। आज साँझ ६-७ बजेतिर काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने देखिएको छ,’ उनका अनुसार शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal