News Portal

  • भासुभिरमा जिपमाथि ढुङ्गा खस्दा वन अधिकृत घाइते

    २२८ पटक

    कैलाली । डिभिजन वन कार्यालय बैतडीको जिपमाथि ढुङ्गा खस्दा एक जना घाइते भएका छन् ।

    धनगढीबाट बैतडी जाँदै गरेको डिभिजन वनको बा २ झ २७६० नम्बरको पिक अफ बलोरो जिपमा भासु भीरमा ढुङ्गा खस्दा डिभिजन वन अधिकृत केशव पराजुली घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार घाइते वन अधिकृतलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ । जिपको अगाडीको भागमा क्षति पुगेको र ढोकासमेत टुटफुट भएको छ ।

    प्रतिकृया दिनुहोस्