आज :

सहचालकले चलाएको बस पल्टिँदा १७ जना घाइते

चितवन । रत्ननगर नगरपालिका-२ टाँडीस्थित राजमार्गमा बस पल्टिँदा १७ जना घाइते भएका छन् ।

बाराबाट काठमाडौंतर्फ गइरहेको ना ७ ख ४७५५ नं.को बस बिहीबार राति दुर्घटना भएको हो। ४२ जना यात्रु रहेको बस सहचालक २६ वर्षीय क्षितिज तामाङले चलाएको प्रहरीले बताएको छ ।

सहचालक तामाङ फरार रहेका छन् । दुर्घटनामा घाइतेमध्ये बाराको कलैया-२ का ३५ वर्षिय गौरीशंकर यादव, २१ का २४ वर्षिय रामबाबु यादव, गढीमाइ नगरपालिका-१ का ४४ वर्षीय मनोज शाह र भारत मोतिहारीका १८ वर्षिय खुसीलाल यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सामान्य घाइते भएका अन्यको भने टाँडीको बकुल्लर सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal