News Portal

  • कञ्चनपुरमा बेवारिसे शव फेला

    २१५ पटक

    कञ्चनपुर । भिमदत्त नगरमा १ जना मृत अवस्थामा फेला परेका छन् ।

    पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिमी सिमानाका गड्डाचौकी-महेन्द्रनगर सडक खण्डको सुकासाल क्षेत्रमा शुक्रवार बेवारिसे शव फेला परेको हो ।

    भिमदत्त नगरपालिका ५ सुकासाल चौराह नजिक पुर्व पश्चिम राजमार्ग मा रहेको विश्राम स्थल नजिकै अन्दाजी ६०-६२ वर्षिय बृद्ध बेवारिसे अवस्थामा मृत फेला परेको र मृतक बृद्ध वारे थप अनुसन्धान भैरहेकोे छ ।

    शवको पोष्टमार्टमका लागि महाकाली अस्पतालमा ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्