आज :

हिमपात र वर्षासँगै देशैभर चिसो बढ्यो, जनजीवन प्रभावित

काठमाडौं । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं लगायत देशैभरको जनजीवन प्रभावित भएको छ ।

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा पानी परेको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकामा हल्का पानी परिरहको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहानैबाट हल्का पानी परेता पनि साँझ काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने जानकारी दिएको छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ ।

यसपालिको पश्चिमी वायुको प्रणाली बलियो भएकाले अत्यधिक चिसो हुने छ । शनिबार साँझदेखि भने यसको प्रभाव घट्दै जानेछ । यसैबीच हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले जानकारी दिए ।

यस्तै चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।

उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।

आज बिहानैदेखि रुकुम पश्चिम र रुकुम पुर्व दुवै जिल्लामा पानी परिरहेको छ । भारी बर्षाले ह्वात्तै चिसो बढाएको छ । बढेको चिसोले जनजीवन कष्टकर बनेपनी पानी परेकोमा अन्नबाली सप्रने आसमा कृषकहरु खुसी भएका छन् । गत सालको तुलनामा यसवर्ष समयमै पानी परेकोले किसानहरू अन्नबाली सप्रने आसमा खुसी भएका छन् । किसानले लगाएका गहुँबाली, तोरी, फापर, केराउ लगायतका अन्नबाली सप्रने आशा गरिएको छ ।

रुकुम पश्चिम र रुकुम पुर्वमा प्रयाप्त सिचाइको सुविधा नहुँदा किसानहरु आकासे पानीको भर पर्नु परेको छ । पानी परिरहेका कारण स्कुल, शिक्षण सस्था, अस्पताल, बसपार्क, बजार, लगायतका सार्वजनिक स्थानमा सर्वसाधारणहरुको चहलपहल कम भएको छ । बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण पहाडी तथा हिमाली जिल्लामा भारी हिमपात भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal