आज :

म्यानचेस्टर युनाइटेडको फराकिलो जित, लिगको नकआउट चरणमा प्रवेश

काठमाडौं । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर एजेड अल्कमारलाई ४-० गोल पराजित गरेको छ ।

अन्तिम खेलमा फराकिलो जित निकाल्दै युनाइटेड समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । शीर्ष स्थानको युनाइटेडको १३ अंक छ । डच क्लब अल्कमार ९ अंकसहित दोस्रो स्थानमा छ ।

युनाइटेडलाई जिताउन मासन ग्रीनउडले २ गोल गरे । पहिलो हाफ गोल रहित बराबरी भए पनि दोस्रो हाफमा युनाइटेडले ४ गोल गर्यो । ५३ औं मिनेटमा एस्ले योङले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । मासन ग्रिनउडले ५८ औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

६२ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जुआन माटाले गोल गरे । ६४ औं मिनेटमा ग्रीनउडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal