आज :

७ किलो चरेशसहित ४ जना पक्राउ

कैलाली । अत्तरियाबाट ७ किलो चरेश सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्चुलाको मार्मा गाउँपालिका १ घर भई गोदावरी २ मा डेरा गरी बस्दै आएका जसमल सिह ठगुन्ना, मार्मा गाउँपालिका १ का वकिल सिंह ठगुन्ना, जीवन पहि ठगुन्ना र अपीहिमाल गाउँपालिकाका हिक्मत सिंह धामी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका २ मा कोठामा लुकाएर राखेको अवस्थामा ७ किलो चरेश सहित ४ जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले दार्चुलाको मार्मा गाउँपालिका वडा नं.१ घर भई गोदावरी २ मा डेरा गरी बस्दै आएका जसमल सिंह ठगुन्नाको कोठाबाट चरेशसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal