News Portal

  • स्वर्ण पदक विजेताले प्रतिव्यक्ति ९ लाख पाउने : प्रधानमन्त्री

    ३२७ पटक

    काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीले ९ लाख रुपैंया प्रतिव्यक्ति पाउने भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।
    त्यस्तै रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैया दिने घोषणा गरिएको छ ।

    कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्