आज :

देशभर चिसो बढ्यो : सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

काठमाडौं । आज (बुधबार) साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वानुमान महाशाखाले अधिकतम र न्युनतम तापक्रममा गिरावट आइ देशैभरी चिसो बढ्ने र यो प्रणाली बिहीबार अझै सशक्त हुने जनाएको छ । हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको जनाउँदै पूर्वानुमान महाशाखाले आज साँझसम्ममा नेपाल प्रवेश गर्ने जनाएको छ ।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । आजबाट सुरू भई यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने जनाइएको छ ।

उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने तथा तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन सबैलाई पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal