आज :

हात्तीको आक्रमणबाट २ जना महिलाको मृत्यु, ४ जना घाइते

कञ्चनपुर । हात्तीको आक्रमणबाट २ महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महाकाली नगरपालिका वडा नं.२ की ३८ वर्षिय बसन्ती भट्ट र ४५ वर्षिय भुरिदेबी बोहरा रहेका छन् ।

यस्तै घाइते हुनेहरुमा सोही स्थानकी सरिता ओझा, उमादेबी साउद, ललिता बोहरा र सुनिता बिस्ट छन् । घाइतेमध्ये विष्ट र ओझाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

महाकाली २ स्थित मायावती सामुदायिक वनमा बिहान घाँस काट्न जाँदा उनीहरुमाथि जंगली हात्तीले आक्रमण गरेको हो । मृतक दुबै महिलाको महाकाली अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

३ वटा समुहमा आएका हात्तीले उनीहरुमाथि एक्कासी आक्रमण गरेको बताइएको छ । महिलाहरुमाथि हात्तीले आक्रमण गरेपछि स्थानीय भेला भएर हात्तीलाई जंगलतर्फ भगाएका थिए । घाइतेहरुको पनि महाकाली अंचल अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal