काठमाडौं । १३ औँ सागमा भारत शीर्षस्थानमा रहेको छ भने नेपाल ५१ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ ।
नेपालले ५५ रजत, ९२ कास्यसहित कूल १९८ पदक जितेको छ । भारत पदक तालिकाको शीर्षस्थानमा छ । भारतले १६२ स्वर्ण, ९१ रजत र ४४ कास्यसहित कूल २९७ पदक जितेको छ । श्रीलङ्का ३९ स्वर्ण, ७९ रजत र ११९ कास्यसहित तेस्रो रहेको स्थानमा छ ।
चौथो स्थानको पकिस्तान ३२ स्वर्ण ३५ रजत र ५२ कास्य गरी ११९ पदक जितेको छ भने पाँचौ स्थानमा रहेको बंगलादेश १९ स्वर्ण ३२ रजत र ८२ कास्य गरी १३३ पदक जितेको छ ।
त्यस्तै माल्दिभ्स १ स्वर्ण ० रजत र ३ कास्य गरी ४ पदक जितेको छ भने सातौ स्थानमा रहेको भुटान ० स्वर्ण ६ रजत र १३ कास्य गरी कुल १९ पदक पाएको छ ।