आज :

साग : पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले जित्यो ५१ औं स्वर्ण पदक

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ ।

खेलको १७ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको केही बेरमै भुटानका कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए । त्यसपछि लगातारमा भुटानले नेपालमाथि दबाब बनाउने प्रयास जारी राख्यो ।

तर दोस्रो हाफको सुरुमै सुनिल वलको गोलमा नेपालले २-१ को अग्रता बनायो । ५३औँ मिनेटमा सुनिलले गोल गरेका हुन् । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो ।

नेपाललाई हराउँदै फुटबलमा अर्को इतिहास रच्ने भुटानको सपना भने पूरा भएको छैन । तर भुटानले पछिल्लो समय गरेको प्रदर्शनले भने मन जित्न सफल भएको छ । केही वर्षअघि निकै कमजोर मानिने भुटानी फुटबल पछिल्लो समय निकै निखारिँदै गएको छ ।

यसअघि जारी सागकै समूह चरणमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । नेपाललाई भने लगातार साग फुटबलमा स्वर्ण जित्दै इतिहास बनाएको छ । २०१६ मा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । नेपालको खेल हेर्न दशरथ रंगशालामा दर्शकको खचाखच उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal