News Portal

  • नलकटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

    १६८ पटक

    सर्लाही । बिष्णु गाउँपालिका-२ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    प्रहरीले भारत घर भएका २१ वर्षिय सञ्जय सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नं.को मोटरसाइकललाई जाँच गर्दा क्रममा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित चालक सिंहलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्