आज :

पत्रकारलाई कुटेको भन्दै पत्रकारद्धारा धर्ना

काठमाडौं । पत्रकारमाथि आक्रमण गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै खेल पत्रकारहरुले १३ औं सागको फाइनल खेल बहिस्कार गरेका छन् ।

मंगलबार रंगशालामा रिपोर्टिङका लागि पुगेका पत्रकार सुमन चापागाईंलाई सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी सन्तोषसिंह राठौरले मुक्का हानेका थिए । सोहीको विरोधमा खेल पत्रकारहरुले धर्ना दिएका हुन् ।

उनीहरु रंगशालाभित्र भइरहेको भुटान र नेपालबीचको खेल हेर्नसमेत गएका छैनन् । पत्रकारहरुले सुरक्षित रुपमा रिपोर्टिङ गर्न पाउने अधिकारको माग गरेका छन् ।

पत्रकार चापागाइँले प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको भिडियो र तस्बिर खिचिरहेका थिए । सोही समयमा डिएसपी सन्तोष राठोरले उनीमाथि कुटपिट गरेका थिए । घाइतेको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । पत्रकार चापागाईँमाथि हातपात गर्ने प्रहरीमाथि कारबाही हुने महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले बताएका छन् ।

प्रहरीको ज्यादतीविरुद्ध विरोधमा उत्रिएका पत्रकारहरुले ‘गेट वेल सुन नेपाल प्रहरी, प्रहरी ज्यादती बन्द गर, समाचार संकलनको अधिकार रक्षा गर लगायतका नारा लगाएका थिए । खेल बहिस्कार गरी धर्नामा बसेका नेपाली पत्रकारहरुलाई विदेशी पत्रकारहरुले समेत साथ दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal