आज :

घुस लिने सिडिओ निलम्बित

काठमाडौं । मुद्दाका अभियुक्तसँग धरौटी रकमका नाममा घुस लिने दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकार (सिडिओ) खगेन्द्र प्रसाद रिजाल निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो । अभद्र व्यवहारसम्बन्धि मुद्दामा पक्राउ परेका अभियुक्तसँग रिजालले ९० हजार घुस लिएका थिए । पछि विवाद भएपछि उनले सार्वजनिक गरेका थिए ।

गृह मन्त्रालयले उनलाई गत बिहीबार नै हटाइ सकेको छ । सो घटनाको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए । उपसचिव रिजाल यसअघि अख्तियारमा सहायक प्रवक्ताका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal