आज :

नेपाली सेनाको गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा १४ वर्षीय बालकको मृत्यु

काठमाडौं । रामेछाप नगरपालिका-८ भंगेरीमा मंगलबार बिहान नेपाली सेनाको गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक १४ वर्षिय बालकको मृत्यु भएको छ भने पछाडी सवार १ बालक घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएका बालकको सवारी चालक अनुमतिपत्र छैन । चालक अनुमतिपत्र नभए पनि मोटरसाइकल लिएर सडकमा निस्किएका उनको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार १३ वर्षिय अर्का बालक घाइते भएका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान १० बजे नयाँ गोरख गण रामेछापको बा १ ग १०७० नं.को गाडी र बा.३८प.३९४८ नं.को मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका १३ वर्षिय बालक रामकृष्ण तामाङको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal