News Portal

  • रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, १ जनाको मृत्यु

    १४३ पटक

    झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका-४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका-२ का २३ वर्षीय किसन साह रहेका छन् । सडक छेउमा रोकी राखेको ना.५ख.७६६ नं को ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किँएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नं को कारसँग ठक्कर खाँदा मोटरसाइकल चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्