News Portal

  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    १७० पटक

    हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा १९ नेवारपानीमा सोमबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हेटौंडा-१ का ३० वर्षिय सुरेन्द्र आलेमगर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मनहरी गाउँपालिका वडा नं.५ का सुरेश स्यांतान घाइते भएका छन् ।

    मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना४ख ७४३७ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना५१प २१८ नम्बरको मोटरसाइकल सोमबार राति ठक्कर दिएको थियो ।

    प्रतिकृया दिनुहोस्