आज :

भ्रमण वर्ष २०२० का लागि सेनाका ८ कार्यक्रम

काठमाडौं । भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाली सेनाले विभिन्न ८ विधाका कार्यक्रम गर्ने भएको छ ।

भ्रमण वर्ष शुरु हुन केही दिन मात्र बाँकी हुँदा नेपाली सेनाले विभिन्न ८ विधाका कार्यक्रम गर्ने भएको हो । नेपाली सेनाले नेपाल भ्रमण वर्षका अवसरमा बहुराष्ट्रिय सैनिकबाट सगरमाथा आरोहण, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्य सम्बन्धि दौड, कार्याशाला र पदयात्रा गर्ने कार्यक्रम रहेको प्रवक्ता विज्ञानदेव पाण्डले बताए ।

त्यसैगरी नेपाली सेनाले मुस्ताङको जोमसोममा हाइ अल्टीच्युड खेलकुद, थोरङला आरोहण, मनाङ, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जको सफारी, र्याफ्टिङ, साइक्लिङका साथै सेमिनारको आयोजना गरी २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सहयोग गर्ने लक्ष्य राखेको नेपाली सेनाका महासेनानी सुवास थापाले उल्लेख गरे ।

त्यस्तै नेपाली सेनाले काभ्रेको धुलीखेलबाट पनौतीसम्म पदयात्रा गर्ने, गोरखाको लिगलिग दौडलाई थप व्यस्थित गर्ने जनाएको छ । भ्रमण वर्षलाई सफल पार्न साझेदारी संघसंस्थासँग गृहकार्य भइरहेको सचिवालयका सदस्य राजन पौडेलले जानकारी दिए ।

आगामी पुस १६ गते दशरथरङ्गशालामा भव्य कार्यक्रम गरी नेपाल भ्रमण वर्षको शुरुवात गरिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal