News Portal

  • दशरथ रंगशालाको गेट बाहिर लाठी चार्ज पत्रकार घाइते

    १८५ पटक

    काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत मंगलबार फुटबलको फाइनल र समापन हुँदै छ ।

    फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हुँदै छ । जसका कारण पनि नेपाली दर्शकहरु फुटबल हेर्नका लागि रंगशाला प्रवेश गर्न आतुर छन् ।

    इसेवा मार्फत टिकट विक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट बिक्री भएका थिए । टिकट नपाएका समर्थकहरुले दशरथ रंगशालाको गेट बाहिर नारावाजी गरेका छन् ।

    जसका कारण सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा केही घाइते बनाएको छ । सुरक्षाकर्मीले लाठी चार्ज गर्दा फोटो खिचिरहेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई चोट लागेको छ ।

    प्रतिकृया दिनुहोस्