आज :

१९ वर्षिय युवतीले प्रेमीलाई अन्तिम पटक भेट्न बोलाएर गरिन् लिङ्ग छेदन

काठमाडौं । कपनमा एक प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बोलाएर लिङ्ग छेदन गरिदिएकी छिन् ।

काठमाडौं महानगरपालिका-६ महाँकाल डेरा गरी बस्ने १९ वर्षिय प्रेमिकाले मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवारको लिङ्ग छेदन गरेकी हुन् ।

सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंले भने, ‘‘उनीहरु दुवैजना हायात होटलमा काम गर्दा रहेछन् । फरक-फरक धर्म मान्दा रहेछन् ।

उनीहरु प्रेम सम्बन्धमा पनि थिए । तर धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छुटिने प्रस्ताव गरेका रहेछन् ।’’

डीएसपी सिहंका अनुसार पछिल्लो एक सातायता दुवैको फोन सम्वाद समेत बन्द भएको थियो । सोमबार प्रेमीकाले राजिवलाई अन्तिम पल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले लिङ्ग छेदन गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal