आज :

साग खेलकुदः आज समापन, सवारी साधानमा जोरविजोर प्रणाली लागु 

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग)को आज हुने समापन गरिँदैछ । मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा चलेको सागको आज साँझ दशरथ रंगशालामा विशेष समापन कार्यक्रमको आयोजनाको समापन गरिने भएको हो ।

समापनको अबसरमा खेलाडीहरुको लागि विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । त्यसलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार आज एक दिनको जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने भएको छ । खेलकुदको उद‍्घाटनको दिन बिरोर नम्बरका सवारी सधान मात्रै चलाइएका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको छ । ट्राफिकले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेशमा पनि रोक लगाएको छ । साथै कम भन्दा कम सवारी साधन निकाल्न पनि अनुरोध गरेको छ ।

खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालका अनुसार समापनको अबसरमा मध्याह्न १२ बजे सांसदहरुसँग विशेष फुटबल खेल्ने र दिउँसो ३ बजेदेखि पुरुष फुटबलको फाइनल खेल भएपछि विशेष समापन कार्यक्रम गर्ने तयारी भइरहेको छ ।  आजै खेलाडीहरुका लागि विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् ।

समापन समारोह करिब डेढ घन्टा चल्ने छ । उद्घाटन भव्य भएजस्तै समापन अझ  आकर्षक गरिने राखेपले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal