आज :

बाल यौन शोषणको गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले नेपाली बालबालिकालाई यौन शोषण गरेको आरोपमा एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको अमेरिकाको इलिनौस बस्ने ४० वर्षिय जैसन लोयड मुडी रहेको जनाएको छ ।

अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका ९, एयरपोर्टस्थित एक गेष्ट हाउसबाट उनलाई ३ बालिकासहित आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार जैसन मुडीले आर्थिक प्रलोभन देखाइ तथा खाने कुरा दिइ नेपाली बालबालिकालाई यौन शोषण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पछ्याएको थियो ।

जैसन मुडीबाट प्रहरीले ३ थान राहदानी, एक थान ल्यापटप, चार थान मोबाइल, विभिन्न बैंकको ४ थान एटीएम कार्ड, विश्वभाषा क्याम्पसबाट जारी पहिचान पत्र बरामद गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal