आज :

पुरुषका लागि बन्यो गर्भनिरोधक सुई, एक पटक लगाए १५ वर्षसम्म काम गर्ने

काठमाडौं । अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए ।

तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन् । त्यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा नहुने बताइएको छ ।

भारतीय वैज्ञानिकहरुको पहिलो पटक यस्तो सुई बनाएको दाबी गरेका छन् । यो सुई इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले तयार पारेका हुन् ।

सुई आविष्कारमा संलग्न वैज्ञानिक डा.आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म काम गर्नेछ । उक्त सुईको प्रयोग भारतको पाँच वटा राज्यमा भइसकेको छ ।

दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिएको हो । ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले सुई पास गरेपछि सर्वसाधारणले पनि लगाउन पाउने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal